हनोई । पूर्वी एसियाली मुलुक भियतनामको मध्यक्षेत्रमा आएको भिषण वर्षासँगैको बाढी पहिरोमा परेर कम्तीमा ५५ जनाको मृत्यु भएको छ ।
भियतनामको केन्द्रीय विपद् समितिले विगत १० दिनको अवधिमा बाढी पहिरोमा परेर अरु केही व्यक्ति बेपत्ता भएको जनाएको छ ।
भियतनामको मध्य क्षेत्रका क्वाङ ट्रि, थुआ थिएन हुई र क्वाङ नाम प्रान्तमा सबैभन्दा बढी असर परेको छ । थुआ थिएन प्रान्तको फोङ डाइन जिल्लामा बाढी पहिरो पीडितको उद्धारका लागि गएका १३ जना उद्धारकर्मीको पहिरोमा परेर ज्यान गएको समितिले जनाएको छ ।
केन्द्रीय विपद् समितिका अनुसार बाढी पहिरोमा परेका व्यक्तिहरुको उद्धार र खोजी कार्य जारी रहेको छ । देशको सेना र प्रहरीलाई पनि उद्धार र राहतका कार्यमा खटाइएको छ ।
गत अक्टोबर ५ देखि १३ तारिखसम्मको अवधिमा भियतनामको मध्यक्षेत्रमा ठूलो वर्षा भएको थियो । केही क्षेत्रमा २ हजार मिलिमिटरसम्म वर्षा भएको छ ।
झण्डै ९०० हेक्टर धानखेती र ५ हजार ५०० हेक्टर अन्य बालीमा बाढी पसेको छ । यहीबीच चार लाख ४५ हजार पशुपंक्षी पनि बाढीको चपेटामा परेका केन्द्रीय समितिले जनाएको छ ।
भियतनामको केन्द्रीय जलवायु विज्ञान विभागले शुक्रबारदेखि फेरि वर्षा हुने र योक्रम आगामी अक्टोबर २१ सम्म रहने जनाएको छ ।
सेप्टेम्बर २२ सम्ममा प्राकृतिक प्रकोपमा परेर भियतनाममा ९३ जनाको मृत्यु भएको र २७२ जना घाइते भएका छन् । बाढी, पहिरो र भारी वर्षाका कारण झण्डै २२ करोड डलर बराबरको क्षति भएको छ । (रासस–एएनआई)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ३० असोज २०७७, १८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ८११ पुग्यो
श्रीलंकामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त, २ लाख अमेरिकी डलर सहयोग
श्रीलंकामा भीषण बाढी–पहिरो : १२३ जनाको मृत्यु, १३० जना बेपत्ता
थाइल्यान्ड र मलेसियामा भीषण बाढी : ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित
आज यी नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च
बाढी पूर्वानुमान: मुख्य नदीहरुमा पानीको सतह बढ्ने, स-साना नदीमा आकस्मिक बाढीको जोखिम