कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आज खोलामा डुबेर भुपू प्रहरी हवल्दारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार वडा नं ८ का ५० बर्षीय कमलसिंह ठगुन्नाको छहरी खोलामा डुबेर मृत्यु भएको हो ।
“बिहान घरबाट निस्केका ठगुन्ना खोलामा डुबेको भेटिएका हुन”, उनले भने, “घटनाको प्रारम्भिक अनुसन्धानले मृतकले मादकपदार्थ सेवन गरेको बुझिएको छ ।” प्रहरीका अनुसार शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २९ असोज २०७७, १७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु