काठमाडौँ । एमसीसीको खारेजीको माग गर्दै २१ राजनीतिक पार्टी तथा संगठनहरुले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।
राष्ट्रियता, जनतन्त्र र जनजीविका सवालमा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) लगायतका राजनीतिक पार्टी र संगठनहरु एमसिसीको विरोधमा प्रदर्शनमा उत्रेका थिए ।
विरोध प्रदर्शनमा एमसीसीको खारेज, भारतद्वारा नेपाली भुमिमाथि गरेको अतिक्रमणको विरोध, कोभिड–१९ का नाममा सरकारले गरेको भ्रष्टाचारको छानवीन हुनुपर्नेलगायत लेखेका प्लेकार्ड प्रदर्शन गरेका छन् ।
उनीहरुले कोरोनाको निःशुल्क उपचारको व्यवस्था हुनुपर्ने, भोकमरीबाट पीडित जनताका लागि खाद्यान्नलगायतका न्यूनतम आवश्यकताको परिपूर्ति, अविलम्ब रोजगारीको व्यवस्था, बलात्कार र हत्याजस्ता अपराधको नियन्त्रण र अपराधीमाथि कारवाही आदिको माग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ असोज २०७७, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमसीसीका सह–उपाध्यक्ष जोन विंगल किन आए नेपाल ?
नेपालको सहयोगलाई निरन्तरता दिने एमसीसीको निर्णय
एमसीसीबाट आगामी वर्ष करिब ६ अर्ब अनुदान आउने आशमा सरकार
एमसीसीबारे जेठ ७ सम्म अमेरिकाले छिनोफानो लगाउने
एमसीसीमा केही काम अघि बढाउन अमेरिकाले दियो अनुमति
अमेरिकी दूतावासले भन्यो : एमसीसीका गतिविधि अस्थायी रूपमा रोकिएका हुन्