सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सफल खबर संवाददाता

विहीबार, २९ असोज २०७७, १२ : ०२
सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । बुधबार सुन सुन सोही मूल्यमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छ । 

यस्तै चाँदीको मूल्य भने बिहीबार बुधबारको तुलनामा रु ५ घटेर तोलामा १२०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस