गम्भीर बिरामी बढ्दै जाँदा ‘रेम्डेसिभिर’ अभाव

पत्रपत्रिकाबाट

विहीबार, २९ असोज २०७७, ०७ : ५९
गम्भीर बिरामी बढ्दै जाँदा ‘रेम्डेसिभिर’ अभाव

काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० का गम्भीर बिरामीको संख्या दिनहुँ बढ्दै गर्दा तिनीहरूको अस्पताल बसाइ कम गर्न सहयोगी मानिएको तथा पछिल्ला दिनमा त्यस्ता बिरामीको उपचारमा लोकप्रिय बन्दै गएको औषधि ‘रेम्डेसिभिर’ को अभाव देखिएको छ ।

 परीक्षणका क्रममा रहेको यो औषधिको माग नेपालमा बढ्दो छ। तर यसको आपूर्तिको स्थिति अत्यन्त कमजोर बनेको छ। यो औषधि समयमै आयात गर्न सम्म्बन्धित सरकारी निकाय तथा निजी आयातकर्ता असफल देखिएका छन् । औषधि विभागले पहिलो चरणमा डेढ महिनाअघि निजी आयातकर्तालाई यो औषधि ६ हजार भायल आयात गर्न अनुमित दिएको थियो।

यसको अभाव बढेसँगै गत शनिबार थप ६ हजार भायल आयात गर्न अनुमति दिएको छ। तर त्यो औषधि नेपाल आइपुग्न केही साता लाग्ने देखिएको छ। निजी कम्पनीले यसअघि आयात गरेको ६ हजार भायलबाहेक नेपाल स्वास्थ्यय अनुसन्धान परिषद्ले अनुदानमा प्राप्त गरेको ७ हजार भायल तोकिएका अस्पतालहरूमा वितरण भइसकेको छ।

 यसरी कुल १३ हजार भाइल औषधि नेपालमा औपचारिक रूपमा आएको देखिन्छ। एकजनालाई न्यूनतम ६ भायलको हिसाबले पनि २ हजारभन्दा बढी बिरामीले यो औषधि प्रयोग गर्न सक्ने देखिन्छ । 

 सामान्यतः एक बिरामीलाई अवस्था हेरेर ६ देखि ११ डोज भायल औषधि दिनुपर्ने हुन्छ। कम्पनीअनुसार मूल्य फरक भए पनि नेपालमा एक भायल औषधिको मूल्य ६ हजारदेखि ८ हजार रुपैयाँ पर्छ। नसामा इन्जेक्सनमार्फत दिइने सय मिलीग्रामको औषधिलाई एक भायल भनिन्छ।नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस