सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सफल खबर संवाददाता

बुधबार, २८ असोज २०७७, ११ : ४४
सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

मंगलबार तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छ । 

यस्तै मंगलबार तोलामा १२२५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर १२०५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस