बुटवल । बुटवलमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नवलपरासी पश्चिमको सुनवल–४ का ७७ वर्षीय पुरुषको बुधबार बिहान बुटवल कोरोना विशेष अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
असोज २५ गते स्वास्थ्यमा समस्या भई बुटवलको चौराहा अस्पतालमा ल्याइएका उनलाई २६ गते बिहान लुम्बिनी प्रादेशिक अस्पताल रिफर गरिएको थियो । त्यहाँ गरिएको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनलाई फिभर क्लिनिकमा उपचार गरिएको थियो ।
उनलाई राति थप समस्या भएपछि कोरोना अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार ती व्यक्ति मुटुरोगी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ असोज २०७७, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण