आईसीयू अभावले निम्त्याउँदै संकट, मृत्यु हुने जोखिम बढ्दो

पत्रपत्रिकाबाट

बुधबार, २८ असोज २०७७, ०८ : २०
आईसीयू अभावले निम्त्याउँदै संकट, मृत्यु हुने जोखिम बढ्दो

फाइल तस्विर

काठमाडौं । केही दिनयता देशका धेरैजसो अस्पतालमा कोरोनाका गम्भीर बिरामीको उपचारका लागि आईसीयू बेड पाउन हम्मे परिरहेको छ । आईसीयू अभावका कारण एकातर्फ संक्रमितको ज्यान जाने जोखिम छ भने अर्कोतर्फ अस्पतालको नियमित आईसीयू सेवासमेत प्रभावित हुन थालेको छ ।

जटिल लक्षण देखिन सुरु भएसँगै मृत्यु हुनेको संख्यासमेत बढ्दै गएको छ । पहुँचवालाले आईसीयू र भेन्टिलेटर पाउने, सर्वसाधारण बिरामीको भने आईसीयू खोज्दाखोग्दै ज्यान जाने जोखिम छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार साँझसम्म देशभर २ सय ७९ जना आईसीयूमा र ६७ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

मन्त्रालयको हेल्थ इमर्जेन्सी अपरेसन सेन्टरको तथ्यांकअनुसार उपत्यकामा मात्रै १ सय ५४ जना आईसीयूमा र ५० जना भेन्टिलेटरमा छन् । तीमध्ये सरकारी अस्पतालमा ८८ जना आईसीयूमा र २० जना भेन्टिलेटरमा छन् भने निजीमा ६६ जना आईसीयूमा र ३० जना भेन्टिलेटरमा उपचाररत छन् । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस