सुनचाँदीको मूल्यमा सामान्य गिरावट

रासस

मंगलबार, २७ असोज २०७७, १३ : ०१
सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।
 
यस्तै मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमबार तोलामा १२४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार १२२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस