आईपीएल :  बेंग्लोरद्धारा कोलकाता ८२ रनले पराजित

एजेन्सी

मंगलबार, २७ असोज २०७७, ०८ : ०१
आईपीएल :  बेंग्लोरद्धारा कोलकाता ८२ रनले पराजित

एजेन्सी । ईण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैङगलोरले कोलकाता नाइट राइडर्सलाई ८२ रनले पराजित गरेको छ । यो जितसँगै बैङगलोर अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

पहिले ब्याटिङ गरेको बैङगलोरले १९५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा कोलकाताले ९ विकेटको क्षतिमा ११२ रनमा समेटियो । कोलकाताका लागि कप्तान दिनेश कार्तिक सहित टीमका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।  कोलकाताका लागि शुभम गिलले ३४ तथा राहुल त्रिपाठी र आन्द्रे रसलले १६–१६ रनको योगदान दिए । बैङगलोर लागि वासिंगटन सुन्दर र क्रिस मोरिसले २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गर्दै बैङगलोरले २ विकेटको क्षतिमा १९२ रन बनायो । खेलमा नायक बनेका एबी डिभेलियर्सले ३३ बलमा ६ छक्का र ५ चौका हिर्काउँलै सर्वाधिक ७३ रन बनाए । विराट कोहलीले २८ बलमा ३३ रन बनाए । दुई जना मिलेर अन्तिम ५ ओभरमा ८३ रन जोडेका थिए ।

प्रतिक्रिया दिनुहोस