ललिता निवास जग्गा प्रकरण: सात प्रतिवादीलाई विनातारेखमा रिहा गर्न आदेश

पत्रपत्रिकाबाट

मंगलबार, २७ असोज २०७७, ०७ : १५
ललिता निवास जग्गा प्रकरण: सात प्रतिवादीलाई विनातारेखमा रिहा गर्न आदेश

काठमाडौं । विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा उपस्थित भएका सात जनालाई विनातारेख रिहा गर्ने आदेश दिएको छ । विशेषका न्यायाधीश शिवराज अधिकारी र बालेन्द रूपाखेतीको इजलासले सोमबार ७ आरोपीलाई तारेखमा समेत नराख्ने गरी रिहा गर्न आदेश जारी गरेको हो ।

तारेखमा नराख्ने गरी रिहा हुनेमा शर्मिला शाक्य (बज्राचार्य), रेणुका बज्राचार्य, प्रविन ताम्राकार, अच्युतराज राज श्रेष्ठ, सरिता मानन्धर (श्रेष्ठ), सध्या शाक्य र गीता खनाल छन् । अख्तियारले उनीहरूको नाममा रहेको ललिता निवास जग्गालाई जफत प्रयोजनका लागि विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । सार्वजनिक जग्गा व्यक्तिको बनाएर भ्रष्टाचार गरेको प्रकरणमा हालसम्म ४५ जनाभन्दा बढी आरोपित अदालतमा हाजिर भइसकेका छन् ।

ललिता निवासको सो जग्गा उनीहरूले विभिन्न व्यक्तिसँग किनेका थिए । नक्कली मोही दर्ता गरेर सो जग्गा लाखौं मूल्यमा किनबेच भएको थियो । राजधानी दैनिकमा खबर छ ।