सुनको मूल्य यथावत, चाँदीको बढ्यो

सफल खबर संवाददाता

सोमबार, २६ असोज २०७७, १२ : १३
सुनको मूल्य यथावत, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै सोमबार चाँदीको मूल्य भने रु १० बढेर तोलामा १२४५ पुगेको महासंघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस