बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २६ असोज २०७७, ०९ : ०५
बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु

बुटवल । बुटवलमा उपचाररत थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत देवदह–१० का ७९ वर्षीय पुरुषको सोमबार बिहान साढे ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनी असोज २० गते स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर जाँच गराउँदा पोजिटिभ आएको थियो । उनलाई आइतबार थप समस्या भएपछि भेन्टिलेटरमा राखी उपचार गर्दा गर्दै मृत्यु भएको हो । ती व्यक्तिमा दम, मधुमेह र उच्च रक्तचापको समस्या थियो । 

प्रतिक्रिया दिनुहोस