एन आई सी एशिया बैंकको नयाँ शाखा मकावनपुर को भिमफेदीमा

शुक्रबार, २५ फागुन २०७४, १६ : ३४
एन आई सी एशिया बैंकको नयाँ शाखा मकावनपुर को भिमफेदीमा

मकवानपुर । एनआईसी एसिया बैंकको नयाँ शाखा मकवानपुरको भिमफेदीमा सञ्चालनमा आएको छ । मकावनपुरस्थित भिमफेदी शाखाको शुक्रबार एक समारोहका बीच भिमफेदी गाँउपालिकाका अध्यक्ष हिदम लामाले उद्घाटन गरेसँगै शाखा सञ्चालनमा आएको हो ।

भिमफेदी शाखाको समुद्घाटनसँगै मुलुकभर १८१ शाखा कार्यालयहरु पुगेका छन् भने १८३ एटिएम सञ्जालहरु, ४ एक्स्टेन्सन काउन्टरहरु रहेका छन् । तीन शाखारहित बैंकिङ सेवा एवम् प्रत्यक्ष एवं अप्रत्यक्ष समेत गरी ५००० भन्दा बढी रेमिट्यान्स पेआउट एजेन्टहरुसहित राष्ट्रकै सर्वाधिक बढी बैंकिङ्ग सञ्जाल भएको बैंकको रुपमा एनआईसी एसिया बैंक स्थापित भैसकेको बैंकको दावी छ ।

प्रतिक्रिया दिनुहोस