काठमाडौं । यहाँ आज थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट डाक्नेश्वरी नगरपालिका–७ ललितपुर पुख्र्यौली घर भई हाल राजविराज नगरपालिका– ६ सिरहा रोडमा बसेकी ६७ वर्षीया महिलाको मृत्यु भएको राजविराज नगरपालिका ६ नं वडाध्यक्ष प्रेम यादवले बताउनुभयो ।
पछिल्लो एक महिनादेखि ज्वरो लागेको उनको स्वाब परीक्षण गर्दा गत मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बस्दै आएकी उनलाई आज बिहान श्वासप्रश्वासमा समस्या देखिएपछि राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरिएको थियो । यससमेत सप्तरीमा कोरोनाबाट तीन महिलासहित २१ जनाको मृत्यु भएको छ ।
रुपनी बन्द
रुपनी गाउँपालिकाका तीन कर्मचारी र एक वडा सदस्यसहित सो गाउँपालिकाका ११ जनामा आज कोरोना सङ्क्रमण देखिएपछि गाउँपालिका बन्द गरिएको छ । रुपनी– ४ का सदस्य, सोही वडाका कार्यालय सहायक, गाउँपालिकाका कम्प्युटर सहायक र कार्यालय सहायकमा कोरोना सङ्क्रमण देखिएपछि एक साताका लागि कार्यालय बन्द गरिएको गाउँपालिका अध्यक्ष हरेराम यादवले बताउनुभयो ।
यही असोज २१ ४ नं वडाध्यक्षमा कोरोना पुष्टि भएको थियो । राजविराजस्थित प्रयोगशालामा आज गरिएको परीक्षणमा वडाध्यक्षका छोरा र छोरीमा समेत सङ्क्रमण देखिएको छ ।
गाउँपालिका अध्यक्ष यादवका अनुसार गत बिहीबार मृत्यु भएका आठराई गाउँपालिका, तेह्रथुममा कार्यरत सबओभरसियर रुपनी–१ का ३७ वर्षीय पुरुषका श्रीमती, साला र भिनाजुमा समेत आज कोरोना सङ्क्रमण देखिएको छ ।
जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि कार्यालयका अन्य कर्मचारी र जनप्रतिनिधिमा समेत कोरोनाको जोखिम बढेकाले सबै कर्मचारीको पिसिआर परीक्षण गराउनुपर्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २५ असोज २०७७, २० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु
ट्याक्टरबाट खसेर एक युवकको मृत्यु
ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
गैँडाको आक्रमणबाट मृत्यु
बसको ठक्करबाट बालिकाको मृत्यु
ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु