नागरिकस्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन्छ : सरकार

सफल खबर संवाददाता

आइतबार, २५ असोज २०७७, १८ : ३६
नागरिकस्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन्छ : सरकार

फाईल तस्वीर

काठमाडौं । सरकारले गरेका आग्रहको नागरिकस्तरबाट अवज्ञा भए पुनः लकडाउन हुनसक्ने तर्फ सरकारले सचेत गराएको छ । 

आइतबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् ।

उनले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताए । 

अहिलेको अवस्थामा लकडाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेको भन्दै उनले नागरिक संवेदनशील नभए लकडाउन गर्न सरकार बाध्य हुने बताए । चाडबाडको समयमा नागरिक सचेत भए लकडाउन गर्ने अवस्था नआउने उनको भनाई छ । लकडाउन गर्ने÷नगर्ने कुरा सरकारी आग्रह र अपिलहरु नागरिकले कति पालना गरिरहेका छन् भन्ने कुरामा भर पर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस