सुनको मूल्य बढेर तोलामा ९५ हजार ६०० पुग्यो

सफल खबर संवाददाता

आइतबार, २५ असोज २०७७, ११ : ४१
सुनको मूल्य बढेर तोलामा ९५ हजार ६०० पुग्यो

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज आइतबार सुनको मूल्य बढेर तोलामा ९५ हजार ६०० रुपैयाँ पुगेको छ । शुक्रबार सुनको मूल्य तोलामा ९४ हजार ८०० रुपैयाँ थियो । 

यस्तै तेजावी सुन तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।  

यस्तै आइतबार चाँदीको भाउ पनि बढेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार चाँदी १२१९ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस