कोरोना भाइरस (कोभिड–१९)

थपिए पाँच हजार आठ जना कोरोना संक्रमित

गत २४ घण्टामा १४ जनाको मृत्यु, एक हजार दुई सय २९ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

शनिबार, २४ असोज २०७७, १६ : २६
थपिए पाँच हजार आठ जना कोरोना संक्रमित

काठमाडौँ । बितेको २४ घण्टामा नेपालमा पाँच हजार आठ जना कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणमुक्त हुनेहरु एक हजार दुई सय २९ जना छन् । सक्रिय संक्रमित संख्या ३० हजार ८ सय १८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा हालसम्म कुल संक्रमित संख्या एक लाख पाँच हजार ६ सय ८४ पुगेको छ ।

हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरु ७४ हजार दुई सय ५२ जना पुगेका छन् । हालसम्म कोरोनाबाट नेपालमा ६ सय १४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस