कविताः चोखो माया

शुक्रबार, २५ फागुन २०७४, १४ : ३२
कविताः चोखो माया

-मनोज थापा 
माया गर्या जस्तो गरी झुक्याएर जाने तिमी
कोमल मनमा बास बसी छक्याएर जाने तिमी
रातको निन्द्रा दिनको भोक सम्झनामा लाने तिमी
एकतर्फी मायाजालमा फसाएर जाने तिमी ।

तिम्रै यादमा होला अजै यो मुटु त धड्किराछ
मलाई माया चाहिँदैन मन चैँ मेरो कड्किराछ
बदलामा यो मुटुलाई केही पनि चाहिन्न रे
माया गर्छु एकोहोरै डिस्ट्रब गर्न पाइन्न रे।

कसले भन्छ हरेक माया दुईतर्फी हुनैपर्छ
जनम जनम हुनलाई एक अर्काले छुनैपर्छ
अहँ म त मान्दिन यो एकअर्काले रुने कुरा
उसले गर्ने भय मात्र परिपक्व हुने कुरा ।

जनम जनम सय जन्म माया गर्न पाइरहुँ
दुःखका ती घडी आउँदा कबज बनी छाइरहुँ ।
एकोहोरै यात्रा मानी तिम्रै लागि धाइरहुँ
जनम जनम सय जन्म माया गर्न पाइरहुँ ।

प्रतिक्रिया दिनुहोस