अनसनरत डा.केसीको मागलाई लिएर आज पनि वार्ता

सफल खबर संवाददाता

शुक्रबार, २३ असोज २०७७, ०९ : ५६
अनसनरत डा.केसीको मागलाई लिएर आज पनि वार्ता

काठमाडौं । अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीचको आज पुनः वार्ता हुने भएको छ । डा. केसीले चिकित्सा क्षेत्र सुधारका लागि विभिन्न माग राखेर आमरण अनसनमा २६ दिन देखि बसिरहेका छन् । 

उनको मागलाई लिएर बिहीबार सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा भएको वार्तामा डा. केसीले उठाएका मागका विषयमा छलफल भएको थियो । डा केसीका ६ बुँदे मागलाई बुँदागत रुपमा सम्बोधन गर्ने गरी पहिलो मस्यौदा तयार पारिएपनि तर अन्तिम निष्कर्षमा भने पुग्न नसिकएको एक सदस्यले बताए ।  

वार्तामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपिनाथ मैनाली संयोजकत्वको र डा केसीको पक्षबाट डा जीवन क्षेत्रीको नेतृत्वको टोलीले वार्ता गरेको हो । बिहीबार नै सहमतिमा पुग्ने प्रयास गरिए पनि दुवै पक्षले थप छलफल आवश्यक परेको भन्दै शुक्रबार पुनः वार्ता गर्ने तय भएको बताइएको छ। 
 

प्रतिक्रिया दिनुहोस