काठमाडौं । सरकारले कोरोना भाइरसका गम्भीर सङ्क्रमितलाई उपचार गर्नका लागि काठमाडौँमा उपत्यकामा १८१ आइसियु र ७६ भेन्टिलेटर भएको जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका आज नियमति पत्रकारसम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ती मध्ये ८२ आइसियु श्यया र २७ वटा भेन्टिलेटरमा गम्भीर सङ्क्रमितको उपचार भइरहेको जानकारी दिए ।
उनका अनुसार अझै ९९ आइसियु र ४९ वटा भेन्टिलेर खाली नै रहेका छन् । अहिलेसम्म २३५ आइसियु र ४२ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन । ती मध्ये वाग्मती प्रदेशमा १२८ जना आइसियु र ३० जना भेन्टिलेटरमा रहेका छन् । मुलुकभर दुई हजार ६०० आइसियु र ९०० भेन्टिलेटर रहेका छन ।
आज काठमाडौँ उपत्यकामा दुई हजार ५४० जना कोरोनाका सङ्क्रमित भेटिएका छन् । उपत्यकामा अहिलेसम्म ३६ हजार ३११ जना सङ्क्रमित फेला परेका छन् । प्रवक्ता डा गौतमले कोभिड १९ अस्पताललाई कोरोनाको रोकथाम र नियन्त्रण गर्नका लागि पूर्ण तयारी साथ राखेको जानकारी दिए । आकस्मिकसहित सबै सेवा पनि २४ घण्टा खुला गरिएको उनले बताए । उनले सामान्य लक्षण र लक्षणविहीन सङ्क्रमितहरु मन्त्रालयले तोकेको मापदण्ड पुरा गरी घरकै आइसोलेसनमा बस्न समेत अनुरोध गरे ।
मन्त्रालयले घरमा बस्न सम्भव नभएमा टोल फ्रि नं ११३३ नम्बरमा सम्र्पक गर्न र स्वास्थ्यमा कुनै समस्या भएका अस्पताल जान आग्रह गरेको छ । थप जानकारी चाहिएमा ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्र्पक गर्न मन्त्रालयले अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २२ असोज २०७७, १९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै