साझा पार्टीले थप्यो केन्द्रीय सदस्य, कोको परे ?

सफल खबर संवाददाता

विहीबार, २२ असोज २०७७, १७ : १४
साझा पार्टीले थप्यो केन्द्रीय सदस्य, कोको परे ?

काठमाडौँ । साझा पार्टीले केन्द्रीय सदस्य थपेको छ । संयोजक रवीन्द्र मिश्रका अनुसार साझाका सातै प्रदेश तथा युवा संगठनबाट ३७ जना केन्द्रीय सदस्य थप गरिएको हो। अब साझामा केन्द्रीय सदस्य ६५ जना पुगेका छन्।

थप गरिएका केन्द्रीय सदस्यमा १० जना महिला छन्। साझाले महेन्द्र थापा, अमलेश कर्ण, धनपति महतो, सुमनकुमार मिश्रा, दिव्येश गिरी, मुरली मनोहर मिश्र, अनुपा श्रेष्ठ, पुष्पा सापकोटा, सुरज प्रधान, प्रदिप थापा, भुपेन्द्र बस्नेत, अमृत पुडासैनी, दीपक पौडेल, हरि प्रसाद गौतम, अर्जुन प्रसाद खनाल, नवराज थापा, हरिकृष्ण अधिकारी, इन्दिरा वाग्ले शर्मा, मधुसुदन केसी, केशब बहादुर मल्ल, सुशील राज देबकोटा, घनश्याम विश्वकर्मा, पवन मल्ल, संगीता श्रेष्ठ, लक्ष्मी शाही, दुज्जी चौधरी, घनबहादुर शाह, सरोज गौतम, प्रकाश आचार्य, पवित्र थापा, सस्मित पोखरेल, संजय बराल, आशिष रेग्मी, दिपक उप्रेती, विणा शाह, शारदा रिजाल र लक्ष्मी घिमिरेलाई केन्द्रीय सदस्य बनाएको छ । 

प्रतिक्रिया दिनुहोस