सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सफल खबर संवाददाता

विहीबार, २२ असोज २०७७, ११ : ४२
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । आज बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।  यसअघि बुधबार सुनको मूल्य तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार पनि सुनको मूल्य मंगलबारको तुलनामा रु ८०० घटेको थियो । 

यस्तै बिहीबार तेजावी सुन तोलामा ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

आज बिहीबार चाँदी तोलामा ११८० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी तोलामा ११७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस