बुटवल । उपचारको क्रममा आज भैरहवामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । रूपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचाररत सिद्धार्थनगर नगरपालिका–५ का ४७ वर्षीय पुरुषको बुधबार राति १० बजे मृत्यु भएको हो ।
उपचारको क्रममा पीसीआर परिक्षण गर्दा उनमा असोज १२ गते पीसीआर ‘पोजिटिभ’ देखिएका थियो । सुरुमा होम आइसोलेसनमा बसे पनि स्वास्थ्यमा थप समस्या भएपछि उनलाई १४ गते अस्पताल भर्ना गरी भेन्टिलेटरमा राखिएको थियो ।
उनमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ असोज २०७७, ०९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण