आईपिएल : १० रनले कोलकाताले चेन्नईलाई पाखा लगायो

एजेन्सी

विहीबार, २२ असोज २०७७, ०८ : ०३
आईपिएल : १० रनले कोलकाताले चेन्नईलाई पाखा लगायो

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीए) क्रिकेटमा गए राति सम्पन्न खेलमा  कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किङ्सलाई १० रनले हराएको छ।  युएईको आब्धावी मैदानमा भएको प्रतियोगितामा १ सय ६८ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ५७ रनमात्र जोड्न सक्यो।

चेन्नईलाई अन्तिम ४ ओभरमा ४४ रन चाहिएको थियो। कप्तान महेन्द्रसिंह धोनी र टम कुरान ब्याटिङमा थिए। ११ रनमा खेलिरहेका धोनी १७ औँ ओभरको तेस्रो बलमा आउट भए। त्यस ओभरमा चेन्नईले पाँच रन मात्र जोड्न सक्यो ।

१८ औँ ओभरको पहिलो बलमा कुरान आउट भए। आन्द्रे रस्सेलले बलिङ गरेको त्यस ओभरमा चेन्नईले ३ रन मात्र थप्न सक्यो। १९ औँ ओभरमा १० रन जोडेपछि चेन्नईलाई अन्तिम ओभरमा २६ रन चाहिएको थियो।

चेन्नईको पालीमा सेन वाट्सनले ५०, फाप डु प्लेसिसले १७ र अम्बाती रायूडुले ३० रन बनाए। १२ ओभरमा २ विकेट गुमाएर ९९ रन जोडेको चेन्नई एकाएक दबाबमा आएको थियो। त्यसअघि कोलकाताको पालीमा राहुल त्रिपाटीले ८१ तथा सुनिल नारायन र प्याट कुमिन्सले १७,१७ रन बनाएका थिए।

प्रतिक्रिया दिनुहोस