नेपालगञ्जमा कोरोना सङ्क्रमित महिलाको निधन

रासस

बुधबार, २१ असोज २०७७, २० : ०२
नेपालगञ्जमा कोरोना सङ्क्रमित महिलाको निधन

काठमाडौँ । नेपालगञ्जमा आज एक कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । यहाँको भेरी अस्पतालमा उपचारका क्रममा दाङको घोराही उपमहानगरपालिका—१५ की ३५ वर्षीया महिलाको आज दिउँसो ३ बजे मृत्यु भएको स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार, महिलाको दुबैतिरको फोक्सोमा कडा निमोनिया भएको थियो । असोज १८ गते नेपालगन्ज मेडिकल कलेजमा कोरोना पुष्टि भएपछि त्यसै दिन उनलाई भेरी अस्पतालको कोरोना सेन्टरमा भर्ना गरिएको थियो ।  

योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएकामध्ये १० जना कारोना सङ्क्रमितको मृत्यु भएको छ । यसैबीच, बाँकेमा आज ३६ जना कोरोना सङ्क्रमित निको भइ घर फर्किएका छन् । निको हुनेमा ११ महिला र २५ पुरुष छन् । योसँगै बाँकेमा कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या एक हजार ७०९ पुगेको श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस