काठमाडौँ । जुनिचाँदे गाउँपालिका १ ओलभीरमा भे १ ज ९३५ नम्वरको जिप आज दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
मृत्यु हुँनेमा वडा नं ११ का वडाध्यक्ष अमरबहादुर शाही, कृती शाही, ख्यामबहादुर शाही , वडा ५ की मालिका बस्नेत, कृष्णबहादुर शाहीको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले जानकारी दिनुभयो । त्यस्तै दुईजना पानीमा वेपता भएको उहाँले जानकारी दिनुभयो ।
जुनिचाँदे गाउँपालिकाको कार्यपालिकाको वैठकका लागि सदरमुकाम खलंगाबाट पराले जाँदै गरेको जिप दुर्घटना परेको हो । जिपमा सवार जुनिचाँदे ११ का नरबहादुर बुढा घाइते भएका छन् । जिप खोलामा परेको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २१ असोज २०७७, १९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु