सुनको मूल्य तोलामा ८०० रुपैयाँ घट्यो

सफल खबर संवाददाता

बुधबार, २१ असोज २०७७, १२ : २४
सुनको मूल्य तोलामा ८०० रुपैयाँ घट्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा रु ८०० घट्दै तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै बुधबार तोजाबी सुन तोलामा ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार मंगलबार तोलामा १२०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार ११७५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस