चितवन । चितवनमा आज साँझ थप दुई कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर–१० का ६१ वर्षीय पुरुषको आज साँझ ६ः३० बजे मृत्यु भएको हो ।
अस्पतालका निर्देशक डा दयाराम लम्सालले यही असोज ८ गते मधुमेह र उच्च रक्तचापको समस्या भई अस्पताल भर्ना भएका ती पुरुषको आजै साँझ ६ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी दिनुभयो ।
आजै साँझ पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत राप्ती नगरपालिका–९ का ८१ वर्षीय पुरुषको मृत्यु भएको छ । असोज १८ गते पिसिआरका लागि स्वाब दिएर घरमै बसेका ती पुरुष साँझ ६ बजे अस्पताल पुगेका थिए । श्वासप्रश्वासको समस्या देखिएका उनको ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनको साँझ ७ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २० असोज २०७७, २१ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु
ट्याक्टरबाट खसेर एक युवकको मृत्यु
ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
गैँडाको आक्रमणबाट मृत्यु
बसको ठक्करबाट बालिकाको मृत्यु
ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु