काठमाडौं । धादिङ भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । नेत्रावती डब्जोङ गाउँपालिका५ स्थित बेतिनीमा स्वराज ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ट्रक चालक गङ्गाजमुना गाउँपालिका ४ का ४० वर्षीय बेगबहादु तामाङ, ५८ वर्षीय दलबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो ।
लपाङबाट कोल्चेत जाँदै गरेको बा ५ ख ४७२८ नम्बरको स्वराज ट्रक सडकबाट करिब ४०० मिटर तल खसेर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका चालक तामाङको जिल्ला अस्पताल धादिङमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसैगरी धादिङको गल्छी गाउँपालिका८ स्थित गोगनपानीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । कच्ची सडकबाट बा ६४ प ६९६४ नम्बरको मोटरसाइकल करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार स्थानीय ६५ वर्षीय हरि बुढाथोकीको घटनास्थलमा नै मृत्यु भएको हो । मोटरसाइकल चालक भने घाइते भएका छन् । दुबै दुर्घटनामा घाइते हुनेहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २० असोज २०७७, १९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते