सुनचाँदीको मूल्यमा वृद्धि

रासस

मंगलबार, २० असोज २०७७, ११ : ५९
सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । 

सोमबार तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको हो । 

यसैगरी मंगलबार तेजावी सुन तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ११८० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १२०० रुपैयाँमा कारोबार भएको हो । 

प्रतिक्रिया दिनुहोस