बैंक अफ काठमाण्डुका शेयरधनीहरुले पाउने भए १६% लाभांश

सफल खबर संवाददाता

सोमबार, १९ असोज २०७७, २० : ०६
बैंक अफ काठमाण्डुका शेयरधनीहरुले पाउने भए १६% लाभांश

काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनी महानुभावहरुलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । 

बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई लाभांश वितरण गरीने बैंकले जानकारी दिएको हो । 

प्रतिक्रिया दिनुहोस