काठमाडौं । अमेरिकी डलर सस्तो मूल्यमा दिने भन्दै ठगी गर्ने गिरोहलाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ । नुवाकोटको एक व्यक्तिलाई अमेरिकी डलर सस्तो सटहीका नाममा रु दश लाख ठगी गर्ने चारलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबीसेका श्रीखण्ड तामाङ, हर्क तामाङ, बुद्धिबहादुर तामाङ र गोविन्द तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । कार्यालयका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाका अनुसार उनीहरु एकै वडाका भएपनि चार स्थानबाट पक्राउ परेका हुन् ।
उनीहरुले विभिन्न प्रलोभन देखाई अमेरिकी डलर सस्तोमा दिने भन्दै पटकपटक फोन सम्पर्क गरी गत साउन १२ गते नुवाकोटको दुप्चेश्वर गाउँपालिका–२ कुटुमसाङका पेन्जोम शेर्पालाई काभ्रेपलाञ्चोकको पाँचखाल नपा–४ स्थित लामीडाँडामा बोलाएर रु दश लाख ठगी गरेका थिए ।
प्रहरीका अनुसार उनीहरुले शेर्पालाई गत असार २० गते अपरिचित व्यक्तिले फोन गरी अमेरिकी डलर रु १७ हजार भेट्टाएको र सस्तो मूल्यमा उपलब्ध गराउने भनी जानकारी गराएका थिए । “पैसा सटही गरेको दिन पनि अभियुक्तले रु १० लाख बराबरको मात्रै दिएको र बाँकी पछि दिने भनी रुमालले बेरेर नक्कली नोट दिएर फरार भएका रहेछन्”, प्रनाउ थापाले भन्नुभयो । उहाँका अनुसार गिरोहले शेर्पालाई ‘अहिले पोको नखोल्नु अरु कसैले वा प्रहरीले देख्यो भने हामी सबबैलाई अप्ठेरो पर्छ’ भन्दै पैसा लिई फरार रहेका थिए ।
गिरोहले पैसा लिएर फरार भएलगत्तै शेर्पाले डलर भनिएको पोको खोली हेर्दा डलरको आकारमा काटिएको कागजको बीटा मात्रै फेला परेपछि प्रहरीमा जाहेरी परेको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १९ असोज २०७७, १९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा छ जना पक्राउ
अपहरणपछि युवकमाथि अमानवीय यातना, नग्न बनाएर भिडियो बनाएको आरोपमा श्रम मन्त्रीका चालक पक्राउ
साढे एक किलो चाँदीसहित भक्तपुरबाट एक जना पक्राउ
शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ
भैरवी गाउँपालिकाकी अध्यक्ष शाही पक्राउ