काठमाडौं । नेपाल आयल निगमले चीनबाट इन्धन आयात गर्न अध्ययन गर्ने भएको छ। निगमले चीनबाट इन्धन आयात गर्ने विषयमा चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममै समावेश गरी काम अघि बढाएको हो ।
निगमको सञ्चालक समितिले यो विषयलाई वार्षिक कार्यक्रममा समावेश गरेको छ। निगमले स्वीकृत गरेको ४३ बुँदे नीति तथा कार्यक्रमको बुँदा नम्बर २७ मा यो विषय समावेश गरेको छ । ‘मित्रराष्ट्र चीनबाट पेट्रोलियम पदार्थ खरिद गर्ने सम्भावनाको अध्ययन गरी फ्रेमवर्क सम्झौताको तयारी गरिनेछ’, नीति तथा कार्यक्रममा उल्लेख छ।
यसबाहेक चीनबाट इन्धन आयात गर्न चीनको केरुङदेखि रसुवागढी हुँदै नुवाकोटसम्म पेट्रोलियम पाइपलाइन विस्तारको सम्भाव्यता अध्ययनसमेत गर्न निगमले योजना तयार पारेको छ । निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार निकट भविष्यमै टोली गठन गरी अध्ययन अगाडि बढाइनेछ। अन्नपूर्र्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १९ असोज २०७७, ०९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट