प्रदेश १ मा १७९ सङ्क्रमित थपिए

रासस

आइतबार, १८ असोज २०७७, २० : ३०
प्रदेश १ मा १७९ सङ्क्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टाको समयमा प्रदेश १ मा  १७९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने सोही अवधिमा आज सबैभन्दा बढी ३६३ जना कोरोनाबाट मुक्त भएर घर फर्केका छन् । आज थपिएकामा ६८ महिला र १११ पुरुष छन् ।

नयाँ सङ्क्रमित मोरङमा ८७ मध्ये विराटनगरमा ६९, सुनसरीमा ६४, झापामा १८, खोटाङमा पाँच, उदयपुरमा एक र प्रदेश बाहिर चार जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या सात हजार ६११ पुगेको छ भने अहिलेसम्ममा चार हजार ८८ जना निको भएर घर फर्किएका छन् । सोही अवधिमा ६६६ जनासहित अहिलेसम्ममा एक लाख २७ हजार ५५६ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस