काठमाडौँ उपत्‍यकामा थपिए १ हजार ५ सय ९९ जना संक्रमित

सफल खबर संवाददाता

आइतबार, १८ असोज २०७७, १६ : ४४
काठमाडौँ उपत्‍यकामा थपिए १ हजार ५ सय ९९ जना संक्रमित

फाइल फोटो

काठमाडौँ । काठमाडौँ उपत्यकामा आइतबार थप १ हजार ५ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार ३ सय ७३, ललितपुरका १ सय ८७ र भक्तपुरका ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आइतबार देशभर २२५३ जना कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस