कोरोना भाइरस (कोभिड–१९)

नेपालमा आज थपिए दुई हजार दुई सय ५३ जना कोरोना संक्रमित

गत २४ घण्टामा कोरोना संक्रमणबाट सात जनाको मृत्यु, एक हजार तीन सय २९ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

आइतबार, १८ असोज २०७७, १६ : ३१
नेपालमा आज थपिए दुई हजार दुई सय ५३ जना कोरोना संक्रमित

काठमाडौँ । बितेको २४ घण्टामा नेपालमा दुई हजार दुई सय ५३ जना कोरोना संक्रमित थपिएका छन् । 

गत २४ घण्टामा कोरोना संक्रमणबाट सात जनाको मृत्यु भएको छ । गत २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेहरु एक हजार तीन सय २९ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा हालसम्म कुल संक्रमित संख्या ८६ हजार आठ सय २३ पुगेको छ । 

नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरु ६४ हजार ६९ जना पुगेका छन् । कोरोना संक्रमणबाट नेपालमा आजसम्म पाँच सय ३५ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस