काठमाडौँ । प्रहरीले बाघको छालासहित काठमाडौँको स्वयम्भूबाट ४ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले स्वयम्भूस्थित होटल प्लाजामा ६० लाखमा बेच्नेगरी ल्याएर राखिएको पाटे बाघको छालासहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिको गल्छी गाउँपालिकाका टेकबहादुर तामाङ, सुजन थिङ, आशिष तामाङ र मकवानपुरको थाहा नगरपालिकाका सानुकान्छा थिङ रहेका छन् । धादिङको स्थानीय व्यक्तिबाट टेकबहादुर तामाङले नगद ३५ लाख रुपैयाँमा छाला खरिद गरी ल्याएको र उक्त पैसा स्थानीय अर्को व्यक्तिले लगानी गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट बुझिएको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
सो छाला उनीहरुले ६० लाखमा बेच्न खोजेको र सो पैसाले दशैं मनाउने मनशायले प्रलोभनमा परेको खुलेको कार्कीले बताए । प्रहरीले बाघ छालाको कारोबारमा अन्य व्यक्तिहरुको संलग्नताबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ असोज २०७७, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रशासन कार्यालयमा कार्यरत सुब्बा पक्राउ, पाँच दिन म्याद थपेर अनुसन्धान हुँदै
नक्कली परीक्षार्थी पक्राउ
१७ करोडभन्दा बढीको क्रिप्टो कारोबारमा चिनियाँ नागरिक पक्राउ
नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ
४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ