मुन्द्रेको कमेडी क्लबबाट दीपाश्री आउट, के थियो कारण ?

सफल खबर संवाददाता

आइतबार, १८ असोज २०७७, १५ : ४२
मुन्द्रेको कमेडी क्लबबाट दीपाश्री आउट, के थियो कारण ?

काठमाडौं। नेपाल टेलिभिजनको चर्चित कार्यक्रम मुन्द्रेको कमेडी क्लबबाट दीपाश्री निरौला बाहिरिएकी छिन्। उनको ठाउँमा अब करिस्मा मानन्धर आउने भएकी छन् । दीपाश्री महानायक प्रकरणमा विवादमा तानिएपछि विज्ञापन प्रायोजकले दीपाश्रीलाई रुचाएका थिएनन् । 

मुन्द्रको कमेडी क्लबको दोस्रो सिजनमा नायिका करिश्मा मानन्धरले प्रवेश पाएकी छन् । आफू क्लबबाट बाहिरिएपछि दीपाश्रीले टेलिभिजनको पर्दामा छिटै आफू अर्को कुनै कार्यक्रम लिएर आउने बताएकी छन् । दीपाश्रीले पहिलो सिजनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सम्पूर्ण दर्शकहरूमा नमन गरेकी छन् । 

करिश्माले दोस्रो सिजनमा आफू अध्यक्षको रूपमा प्रवेश गरेको बताइन्। दीपालाई किन हटाइयो भन्नेबारे कुनै धारणा सार्वजनिक भइसकेको छैन। तर, कार्यक्रम प्रायोजकले महानायक विवादपछि दीपालाई पुन कार्यक्रममा जोड्न मन गरेका थिएनन् । कलाकार जीतु नेपालले सञ्चालन गर्दै आएको कार्यक्रम कोरोना महामारीका कारण स्थगित गरिएको थियो। केही दिनमै दोस्रो सिजन सुरु गर्ने भनिएको छ। 

अब असोज तेस्रो साताको सोमबारबाट  मुन्द्रको कमेडी क्लब प्रसारणमा आउनेछ। कार्यक्रम अब फरक शैलीमा आउने जीतु नेपालले बताए ।  

प्रतिक्रिया दिनुहोस