तीन जना सल्लाहकार र स्वकीय सचिवमा कोरोना देखिएपनि प्रधानमन्त्री ओलीको पिसिआर रिपोर्ट नेगेटिभ

सफल खबर संवाददाता

शनिबार, १७ असोज २०७७, १७ : ४०
तीन जना सल्लाहकार र स्वकीय सचिवमा कोरोना देखिएपनि प्रधानमन्त्री ओलीको पिसिआर रिपोर्ट नेगेटिभ

फाइल फोटो

काठमाडौँ । आफ्ना तीन जना सल्लाहकार र स्वकीय सचिवमा कोरोना संक्रमण पुष्टि भएपनि स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको छ ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीको बिहीबार स्वाब संकलन गरिएको थियो । उनको रिपोर्ट नेगेटिभ आएको उनको सचिवालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार राजन भट्टराई र स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरुको पनि शुक्रबार स्वाब संकलन गरिएको थियो । शनिबार उनीहरुको रिपोर्ट भने पोजेटिभ आएको छ । 

प्रतिक्रिया दिनुहोस