मिर्गौला कसरी बचाउने ?

पत्रपत्रिकाबाट

शुक्रबार, २५ फागुन २०७४, ०८ : ५०
मिर्गौला कसरी बचाउने ?

काठमाडौँ । मिर्गौला फेल भएर सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा प्रत्यारोपण गराउन आएका मध्ये झन्डै एक तिहाइमा क्रोनिक ग्लोमेरुलोनेफ्राइटिस (पिसाबमा प्रोटिन चुहिने रोग) भएको पाइएको छ । यतिका नेपालीमा यस्तो समस्या देखिनुको कारण भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार मिर्गौला प्रत्यारोपण गराउने कुल रोगीको तथ्यांक विश्लेषण गर्दा एक तिहाइ व्यक्तिको मिर्गौला क्रोनिक ग्लोमेरुलोनेफ्राइटिसका कारण फेल भएको देखिन्छ ।
कान्तिपुर दैनिकले  मिर्गौला स्वस्थ राख्ने उपाय बुदागत रुपमा दिएको छ :
– फिट र ऊर्जावान रहनुस् । दिनहुँ गरिने व्यायामलगायतका गतिविधिले रक्तचापका साथै रगतमा चिनीको मात्रा नियन्त्रित राख्छ ।
– मधुमेह नियन्त्रित राख्नुस् । मधुमेहलेमिर्गौला बिगार्छ ।
– उच्च रक्तचाप नियन्त्रणमा राख्नुस् । उच्च रक्तचाप क्रोनिक मिर्गौला रोगका लागि मधुमेहपछिको दोस्रो शत्रु हो ।
– सन्तुलित आहार र नियमित व्यायामबाट तौल नियन्त्रित राख्नुस् ।
– नियमित रूपमा मिर्गौला परीक्षण गराउनुस् ।
– धूमपान, तमाखु, रक्सी सेवन नगर्नुस् । यसले एथेरोस्कलेरोसिस नामक विशेष प्रकारको रोगले रगतको नसामा बहाव मत्थर बनाउँछ । मिर्गौलामा रगत कम जाँदा यसको कार्यक्षमता घट्छ ।
–नुनको मात्रा घटाउनुस् । तारेको खानेकुराकम खानुस् ।

प्रतिक्रिया दिनुहोस