प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

शनिबार, १७ असोज २०७७, १६ : ३५
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापामा कोरोना संक्रमण पुष्टि

फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापामा कोरोना संक्रमण पुष्टि भएको छ ।  हिजो गरिएको पीसीआर परीक्षणमा आफूमा कोरोना पुष्टि भएको थापाले जानकारी दिए । 

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हिजोको पीसीआर परीक्षणले ममा कोरोना पोजिटिभ देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस