विज्ञले भने–उपत्यकाको विकासमा अलग्गै संरचना चाहिन्छ

पत्रपत्रिकाबाट

शनिबार, १७ असोज २०७७, ०७ : ४३
विज्ञले भने–उपत्यकाको विकासमा अलग्गै संरचना चाहिन्छ

काठमाडौं । सङ्घीयता जानकारहरूले काठमाडौँ उपत्यकाका तीनै जिल्लाका सबै पालिका सम्मिलित अलग्गै प्रशासनिक र राजनीतिक संरचना निर्माण गर्नुपर्ने आवश्यकता औल्याएका छन् । 

विकास र समृद्धि लगायतका सबै किसिमका सरकार र निकायको बीचमा समन्वय र सहकार्य गरी राजधानीवासीको प्रतिष्ठा र गौरवलाई कायम राख्न उपत्यकाका पालिका सम्मिलित छुट्टै संरचना निर्माण गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।

सङ्घीयता तथा स्थानीय शासनविज्ञ डा खिमलाल देवकोटाले उपत्यकाका तिनै जिल्ला सम्मिलित राजधानी प्रदेश एकाइ निर्माण गरी एकीकृत विकासका काम गर्नुपर्ने बताए ।  काठमाडौंँ उपत्यकामा खानेपानी, फोहोरमैला, बाटोघाटो, धुलोधुवाँ, खाल्टाखुल्टी आदिको समस्या भएमा सीधै मुलुकको कार्यकारी सरकार तथा कार्यकारी प्रमुखमाथि आक्षेप लगाइने गरिएकाले सो प्रवृत्तिको अन्त्य गर्न र उपत्यकाको राजधानीको एकीकृत विकासका लागि राजधानीलाई छुट्टै संरचना बनाउनुपर्ने बताए ।

उनका अनुसार प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक लगायतका दृष्टिले महìवपूर्ण मानिएको काठमाडौंँ उपत्यका अहिले अव्यवस्थित सहरीकरण, अतिक्रमित र समस्याग्रस्त छ । सिङ्गो काठमाडौंँ उपत्यकालाई आकर्षक, समृद्ध र वातावरणमैत्री अत्याधुनिक सुविधायुक्त राजधानी सहरका रूपमा विकास गर्ने नेपाल सरकारको सोच भए पनि यस सम्बन्धमा खासै केही प्रगति भएको छैन । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस