आईपिएल : मुम्बईद्धारा पन्जाब ४८ रनले पराजित

एजेन्सी

शुक्रबार, १६ असोज २०७७, ०८ : ४०
आईपिएल : मुम्बईद्धारा पन्जाब ४८ रनले पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले  किंग्स इलेभेन पन्जाबलाई ४८ रनले पराजित गरेको छ । 

युएईको अधुधावीमा भएको बिहिबार भएको खेलमा प्रतियोगितामा पहिलो १५ ओभरमा १ सय २ रनमात्र जोड्न सकेको मुम्बईले  ४ विकेट गुमाई १ सय ९१ रन बनायो । जवाफमा पन्जाबले ८ विकेट गुमाई १ सय ४३ रनमात्र बनाउन सक्यो ।

मुम्बईले अन्तिम ५ ओभरमा ८९ रन जोडेको थियो । १६औं ओभरमा रोहितले जेम्स निसमलाई दुई चौका र दुई छक्का प्रहार गर्दा मुम्बईले २२ रन जोडेको थियो । १७ औं ओभरको पहिलो बलमा मोहम्मद सामीले रोहितलाई आउट गर्दै केवल ५ रन खर्चेका थिए । हार्दिकले १८औं ओभरमा निसमलाई दुई चौका र १ छक्का प्रहार गर्दा मुम्बईले १८ रन जोड्यो । मुम्बईले सामीको १९ औं ओभरमा १९ र कृष्णप्पा गौथमको इनिङ्सको अन्तिम ओभरमा ४ छक्कासहित २५ रन जोडेको थियो ।

हार्दिक र पोलार्डले मात्र इनिङ्सको अन्तिम २३ बलमा ६७ रनको अविजित साझेदारी गरे । म्यान अफ द म्याच पोलार्ड २० बलमा ३ चौका र ४ छक्का प्रहार गरी ४७ तथा हार्दिक ११ बल खेली ३ चौका र २ छक्का प्रहार गरी ३० रनमा अविजित रहे ।

मुम्बई विजयपछि पाँचौं स्थानबाट शीर्षस्थानमा उक्लेको छ । यद्यपि मुम्बई र पन्जाबले ४–४ खेल खेलेका छन् भने अन्य ६ टोलीले ३–३ खेल खेलेका छन् । मुम्बईको यो दोस्रो जित हो । पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग पराजित मुम्बईले त्यसपछिका एक खेल जितेको थियो । 

प्रतिक्रिया दिनुहोस