सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सफल खबर संवाददाता

विहीबार, १५ असोज २०७७, १३ : ५४
सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।  

यस्तै तेजावी सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छ ।
यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ११९० रुपैयाँमा कारोबार भएको चाँदी ११७५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस