आईपिएल : कोलकाताद्धारा राजस्थान ३७ रनले पराजित

एजेन्सी

विहीबार, १५ असोज २०७७, ०९ : २२
आईपिएल : कोलकाताद्धारा राजस्थान ३७ रनले पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा कोलकाता नाईट राईडर्सले राजस्थान रोयल्सलाई ३७ रनले पराजित गरेको छ । 

बुधबारराति दुबईमा भएको खेलमा कोलाकाता नाइट राइडर्सले राजस्थानसँग जित निकालेको हो । १७५ रनको लक्ष्य पछ्याएको राजस्थानले ९ विकेटको क्षतिमा १३७ रन मात्रै बनाउन सक्यो । उसका लागि टम करनले अविजित ५४ रन बनाउनु बाहेक अरुले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । कोलकाताका शिवम मावी, कमलेश नगरकोटी र वरुण चर्कवर्तीले समान दुई–दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको कोलकाताले ६ विकेटको क्षतिमा १७४ रन बनाएको थियो। उसका लागि शुभम गिलले ४७, आन्द्रे रुसेलले २४ तथा इयान मोर्गनले नटआउट ३४ रन बनाएका थिए ।

तीन खेलमा दोस्रो जित हात पारेपछि कोलकाता पुछारको दोस्रो स्थानबाट माथिल्लो दोस्रो स्थानमा उक्लेको छ । राजस्थान तेस्रो स्थानमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस