एनआईसी एसियाको ‘धनवर्षा मुद्धति खाता’ रि लञ्च

विहीबार, २४ फागुन २०७४, १७ : ३३
एनआईसी एसियाको ‘धनवर्षा मुद्धति खाता’ रि लञ्च

काठमाडौं । एनआईसी एसिया बैंकले ‘धनवर्षा मुद्धती खाता’ लाई री–लञ्च गरेको छ । १ बर्ष अवधिकोे उक्त मुद्धती खातामा वार्षिक १२% का दरले मासिक रुपमा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ ।  मुलुकभरका विभिन्न स्थानहरुमा छरिएर रहेको १ सय ८० शाखा सञ्जालहरुमध्ये जुनसुकै शाखाबाट उक्त मुद्धती खाता खोल्न सकिने र मुद्धती रसिदको धितोमा मौज्दातको ९०% सम्म कर्जा समेत उपलब्ध गराउन सकिने बैकले जनाएको छ ।

त्यसैगरी,यसअघि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्च ब्याजदर सहितको ‘समुन्नति प्लस बचत खाता’ ग्राहकमााझ अत्यन्त लोकप्रिय रहि उत्साहप्रद रुपमा सञ्चालन भएको छ । ‘समुन्नति प्लस बचत खाता’ मा बैंकले त्रैमासिक ब्याज भुक्तानी हुने गरी वार्षिक १०% का दरले ब्याज प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस