सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सफल खबर संवाददाता

बुधबार, १४ असोज २०७७, १३ : ०७
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार २०० तोकेको छ । मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ७०० थियो । 

यस्तै चाँदीको मूल्यमा पनि हिजोको तुलनामा प्रतितोला रु १५ ले वृद्धि भई एक हजार १९० पुगेको छ । 

प्रतिक्रिया दिनुहोस