काठमाडौँ । महाकाली सिञ्चाई आयोजना, कञ्चनपुरका निमित्त प्रमुख डिभिजनल इञ्जिनियर प्रचण्डदेव बिष्ट सुन्धाराको एउटा होटलमा मध्यरात एकातिर एघार लाखको मुठो र अर्कोतिर दुइटी तरुनीसँगै भेटिए । अहिले उनी अख्तियारको हिरासतमा छन् तर म्याद थप्न अदालत लैजाँदा कत्ति पनि पश्चातापमा देखिएनन् ।
गत शुक्रबार स्रोत नखुलेको त्यति धेरै रकम बोकी हिंडेको अभियोगमा थुनेरै छानवीननिम्ति म्याद थप्ने प्रयोजनको लागि विशेष अदालत लगेको बेला त्यस्तो संवेदनशील विषयमा पनि उनी गम्भीर नदेखिएपछि सबै छक्क परेका हुन् । म्याद थप्नुअघि न्यायाधीशले ‘साथमा रहेको ११ लाखचाहिँ के हो नि ?’ भनेर सोधेका थिए । जवाफमा उनले ‘सापटी रकम तिर्न कञ्चनपुरबाटै ल्याएको’ भनिदिए ।
अहिलेको जमानामा, त्यो पनि पढे–लेखेको मान्छेले एटीएम कार्ड,बैंक ट्रान्सर्फर, इ–बैंकिङ्गको सुविधा र सुरक्षालाई छाडेर एघार लाखको बिटो बोकी त्यति लामो बाटो पार गर्नु नै रहस्यमय हो । कञ्चनपुरबाट आएकै दिन नगदसहित सुन्धारामा दुइटी तरुनीसँग नारिँदै बिष्टले मनाएको जन्मदिन फेसबुक बमोजिमको हो वा साँच्चिकै तिथिअनुसारको हो ? त्यो पनि खुलेको छैन ।
प्रायः सबैले आफ्नो जन्मदिन घरमा वा बाहिर भए नजिकका परिवार र आफन्तसँग बसेर मनाउँछन् । तर, कोरोना महामारीबीच त्यो पनि मध्यरात , लजमा दुईजना तरुनीलाई दुईतिर राखेर बसेको अवस्थामा फेला परेपछि अख्तियारका प्रहरीलाई उनले ‘बर्थ डे सेलिब्रेशन’ गरेको बताएका थिए ।
उनले अदालतमा पनि हलुका ढङ्गले ‘बर्थ डे सेलिब्रेशन’ कै अड्डी लिए । त्यसपछि न्यायाधीशहरू कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले रङ्गिला इञ्जिनियरलाई १५ दिन हिरासतमा राख्न पाउने गरी म्याद थपिदिएको छ ।
हाकिमलाई सुदूर पश्चिमबाट हान्निएर आई झोलाभरी नोट र काखमा तरुनी राखेर कोरोना सङ्क्रमणको महामारीमा पनि लज पुग्नुपर्ने कस्तो बाध्यता आइपरेको होला ? यो घटनाले यतिबेलाको सुशासनको दृश्यलाई पनि उदाङ्गो बनाइदिएको छ । पक्राउ परेका दुबै युवतीलाई प्रहरीले कागज गराएर छाडेको छ । (जनआस्थाबाट)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन
यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा
मालपोत कार्यालयका दुई खरिदारसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आयोगसमक्ष सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेस