आईपिएल : हैदराबादका सामु दिल्ली निरिह, १५ रनले हार्यो

एजेन्सी

बुधबार, १४ असोज २०७७, ०८ : ५२
आईपिएल : हैदराबादका सामु दिल्ली निरिह, १५ रनले हार्यो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले १५ रनले  दिल्ली क्यापिटल्सलाई हराएको छ । बुधबारको प्रतियोगितामा हैदरावादले दिल्लीको सामु जितका लागि १६३ रनको लक्ष्य दिएको थियो । जवाफमा दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन मात्रै बनाउन सक्यो ।

राशिद खानले १४ रन खर्चेर ३ विकेट र भुवनेश्वर कुमारले २५ रन खर्चेर २ विकेट लिए । रशिदले ४ ओभरमा १४ रनमात्र खर्चेर म्यान अफ द म्याच घोषित भए । फर्ममा रहेका ओपनर पृथ्वी शलाई भुवनेश्वर कुमारले २ रनमा आउट गरेपछि रशिदले दिल्लीका कप्तान श्रेयस ऐरलाई १७, शिखर धवनलाई ३४ र ऋषभ पन्तलाई २८ रनमा आउट गरे । दिल्लीले राम्रो सुरुआत गर्न सकेन । धवन १२ औं ओभरमा आउट हुँदा दिल्लीको केवल ६२ रनमात्र थियो । धवनले ३१ बल खेल्दै ४ चौका प्रहार गरे । २७ बल खेलेका पन्तले १ चौका र २ छक्का प्रहार गरे ।

सिमरन हेटमायर २१ र मार्कुस स्टाइनिस ११ रनमा आउट भए । खेलको अन्तिम बलमा छक्का प्रहार गरेका कागिसो राबाडा ७ बल खेल्दै १५ रनमा अविजित रहे । हैदराबादबाट ओपनिङ बलर कुमारले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । खालिल अहमदले ४ ओभरमा ४३ र टी नटराजनले ४ ओभरमा २५ रन खर्चेर १–१ विकेट लिए ।

यसअघि दक्षिण अफ्रिकी तीब्र बलर राबाडाले उत्कृष्ट बलिङ प्रर्दशन गरेपछि टस जितेको दिल्लीले हैदराबादलाई १६२–४ को स्कोरमा रोकेको थियो । किंग्स इलेभेन पन्जाब र चेन्नई सुपर किंग्सविरुद्ध पहिलो दुई खेलमा दिल्लीले विजय हात पार्दा पनि राम्रो प्रदर्शन गर्दै आएका राबाडाले हैदराबादविरुद्ध ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस